ओलीको दम्भ र निषेधात्मक प्रवृत्ति नभए एमालेका नेता कार्यकर्तासँग काम गर्न कठिन छैन : अध्यक्ष प्रचण्ड

काठमाडौं, १४ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको प्रवृत्तिसँग काम गर्न असहज भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् । उनले एमालेका नेता र कार्यकर्तासँग काम गर्न कुनै कठिन नभएको बताएका छन् । उनले ओलीले घोचपेचको प्रवृत्ति अन्त्य गर्नुपर्ने सुझाव दिएका छन् ।

दाहालले प्रतिनिधिसभाको शनिबारको बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथि सहभागी हुने क्रममा ओलीलाई आफ्नो प्रवृत्ति सुधार्न सुझाव दिएका छन् । मलाई त एमालेका धेरै नेता कार्यकर्ताप्रति भरोसा, विश्वास छ अहिले पनि । यो प्रवृत्ति जसमा यति धेरै अहंकार, यतिधेरै दम्भ र निषेधात्मक प्रवृत्ति नहुने हो भने एमालेका नेता कार्यकर्तासँग काम गर्न कठिन हुने देखिँदैन, दाहालले भने ।

यसअघि प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा स्थानीय तहको निर्वाचन, राष्ट्रिय सभाको निर्वाचन, संघीय र प्रदेश सरकार गुमाएको कुरालाई लिएर ओलीले आत्मसमीक्षा गरी वामपन्थी एकताको कुरा गर्ने अपेक्षा गरेको तर त्यसो नभएको बताए ।वामपन्थी एकता, गठबन्धनले भनेको, अदालतले भनेको कुरामा पुनर्समीक्षा, पुनरावलोकन गर्नुहुन्छ कि भन्ने लागेको थियो । तर ३ घण्टा गाली गर्ने अरुलाई बदनाम गर्ने र धेरै झुट बोल्ने गर्नुभयो,ु उनले भने ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति