निर्वाचनको बेला सेता पुर्जा बाँडियो : ईश्वर पोखरेल

काठमाडौं, १३ जेठ । एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तह निर्वाचनमा मतदातालाई प्रलोभनमा पार्न सेतो पूर्जा (जग्गाधनी पूर्जा) वितरण गरिएको आरोप लगाएका छन् । 

संसदमा पेस गरिएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले नीति तथा कार्यक्रम जनपक्षीय नभएको र भ्रष्टाचार तथा अनियमितता गर्ने आधारहरु प्रशस्तै रहेको दाबी गरे । 

एमाले सरकारले गठन गरेको भूमि आयोग विघटन गरेर आफ्ना नेता भर्ती गर्न अर्काे आयोग गठन गरेको भन्दै उनले सो आयोगमार्फत निर्वाचनका बेला सेतो पुर्जा वितरण गरेको आरोप लगाए । 

नीति तथा कार्यक्रम देशलाई दिशा निर्देश गर्न खालको नरहेको उनको भनाइ छ । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति