काठमाडाै, १३ जेठ । संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाले सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि प्रश्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।
शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकले सकरारले आगामी वर्षका लागि प्रश्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । बैठकमा बोल्दै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जेठ १० गते सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे ।
उनले भने, ‘सम्माननीय राष्ट्रपतिबाट सम्वत २०७९ जेठ १० गते मंगलवारका दिन संघीय संसदको दुवै सदनको बैठकमा प्रश्तुत गर्नुभएको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष २०७९/०८० को लागि नेपाल सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्दछु ।’ राष्ट्रिय सभाको अर्को बैठक जेठ १५ दिउँसो ३ बजे बस्नेछ ।
प्रतिक्रिया