हाम्रो फरेन पोलिसी सत्ता स्वार्थ हो कि राष्ट्र स्वार्थः ओली

काठमाडौं, १२ जेठ । प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले चिनिया परियोजना बेल्ठ एण्ड रोड इनिसिएटिभ (बीआरआई) मा सरकारको नीति बारे प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै ओलीले बीआरआईबाट प्राप्त हुने सहयोग लिने कि नलिने नीतिका बारेमा प्रश्न गरेका हुन् ।

‘अनेक कुराहरुको चर्चा छ, यहाँ बीआरआईको किन छैन ? बीआरआईबाट प्राप्त हुने सहयोग, ऋण के हो ? त्यो चीज हामी लिन्छौं कि लिँदैनौं, अहिलेको सरकारले जिब्रो नचपाई भन्नुपर्‍यो बीआरआई सम्बन्धी हाम्रो नीति के हो ?’ उनले प्रश्न गरे ।

पूर्वप्रधानमन्त्री ओलीले नेपालको विदेश नीति अहिले सत्ता स्वार्थमा चलिरहेको पनि टिप्पणी गरे । ‘हाम्रो फरेन पोलिसी ज्युँदै छ कि मर्‍यो ? हाम्रो फरेन पोलिसी यथावत छ कि घाइते भयो ? हाम्रो फरेन पोलिसी हिजोको न्युट्रालिटीमा छ कि छैन ? हाम्रो फरेन पोलिसी सत्ता स्वार्थ हो कि राष्ट्र स्वार्थमा चलिराखेको छ ? यो कुरा सम्माननीय प्रधानमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु स्पष्ट गरियोस्’ उनले भने ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति