अमेरिकी उच्च अधिकारी तिब्बती शरणार्थी शिविरभित्र गराउनु परराष्ट्र नीति मूल्य मान्यता खण्डित गर्ने काम भयोः अध्यक्ष ओली

काठमाडौं, ११ जेठ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार एक चीन नीतिबाट बरालिन खोजेको आशंका गरेका छन् ।

संसदीय दलको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले हालै नेपाल भ्रमणमा रहेकी अमेरिकी उपविदेश मन्त्रीलाई तिब्बती शरणार्थी शिविरमा जान दिइएकोमा समेत आपत्ति जनाएका छन् ।

ओलीको भनाई उदृत गर्दै एक सांसदले भने,‘परराष्ट्र नीतिका स्थापित मूल्य मान्यता छन् त्यसको खण्डित गर्ने काम भयो । नेपालको असंलग्न परराष्ट्र नीतिमा राष्ट्रिय हित, अहस्तक्षेप र कुनै पनि देशको मामिलामा असंलग्न रहने भन्ने छ । तिब्बती शरणार्थीको क्यापमा जान दिएर जुन प्रकारको उक्साउने काम गरियो त्यसमा सरकारको नियतमाथि शंका छ । कुनै देशका विरुद्ध नेपाली भूमिलाई प्रयोग गर्न दिनु गलत हो ।’

ओलीले विदेश नीतिमा सरकार परनिर्भर हुन थालेको भन्दै नेपालले आफ्नो निर्णय आफैं गर्न पाउनेगरि आफूले स्थापित गरेका मान्यतामाथि देउवा सरकारले धावा बोलेको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति