ललितपुरका मेयर महर्जनले पदभार ग्रहणसँगै गरे तीन निर्णय

काठमाडौं, ११ जेठ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पदभार ग्रहणसँगै तीन वटा निर्णय गरेका छन् ।

उनले अब वडास्तरीय विकास निर्माण र सम्पादन हुने काम सबै वडाबाटै गर्ने, चक्रपथ बाहिरका क्षेत्रबाट पनि फोहोरमैला संकलन गर्ने र अनलाइनबाट राजस्व तिर्ने व्यवस्था गर्ने बताए ।

‘वडाबाट सम्पादन गरिने कुनै पनि कामका लागि नगरपालिकामा आउनुपर्दैन’ महर्जनले भने । त्यस्तै महानगरपालिकाले हालसम्म चक्रपथभित्र मात्र फोहोर संकलन गर्दै आएकामा दुई तीन हप्तापछि २९ वटै वडाबाट फोहोर संकलन गरिने उनले बताए ।

ललितपुर महानगरपालिकाले किनेको कम्प्याक्ट ट्रक दुई हप्तामा आइपुग्ने र त्यसपछि फोहोर संकलन गरिने उनको भनाइ छ । मेयर महर्जनले अनलाइनमार्फत राजस्व संकलनको व्यवस्था गर्ने पनि घोषणा गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति