यो मेरो अन्तिम कार्यकाल हो : रेनु दाहाल, नवनिर्वाचित मेयर भरतपुर

चितवन १० जेठ । भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित भएलगत्तै मेयर रेनु दाहालले यो आफ्नो अन्तिम कार्यकाल हुने घोषणा गरेकी छन् ।

मंगलबार विहान मतपरिणाम सार्वजनिक भए लगत्तै सञ्चार माध्यमसँग कुराकानी बोल्दैदाहालले भनिन् स्थानीय सरकार प्रमुखको रुपमा यो अन्तिम कार्यकाल हुनेछ ।

‘यो मेरो अन्तिम स्थानीय तहको नेतृत्वको रुपमा अन्तिम पटकका लागि अवसर पाएको छु, एक सेकेन्ड पनि खेर नफालेर म दिलो ज्यानले आफ्नो क्षमताले भ्याएसम्म काम गर्नेछु ।’

उनले आफूले तीन देखि सात हजार मत अन्तरले जित्ने अनुमान गरे पनि धेरै भरतपुरबासीले विश्वास गरेर १२ हजार भन्दा बढी मत अन्तरले जिताएको बताइन् ।

‘मेरो विगतको कामको अनुमोदन गरिदिनुभएको छ । आगामी दिनमा पनि कहिँ कतै मेरो सक्रियतामा कमी हुन दिने छैन’ दाहालले प्रतिवद्धता जाहेर गन् ि।
आफ्नो दोस्रो कार्यकालमा शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासम केन्द्रित हुने दाहालले योजना सुनाइन् ।

‘भरतपुरमा विकासमा राजनीतिक खिचातानी हिजो पनि थिएन, भोलि पनि हुने छैन, जसले गर्नुहुन्छ, उहाँलाई नै घाटा हो’ उनले भनिन् ।

उनले यो कार्यकालको पहिलो निर्णय महिला र विपन्न लक्षित हुने पनि बताइन् ।

भरतपुरको समस्या, आवश्यकता, प्राथमिका र जनताको भावनाको राम्रो अनुभव भएको भन्दै मेयर दाहालले आगामी पाँच वर्ष गर्व गर्नलायक काम गर्ने बताइन् ।

आगामी पाँच वर्षमा भरतपुरका ठूला आयोजना सिटी हल, प्रशासकीय भवन निर्माण पूरा गर्ने, क्रिकेट रंगशाला निर्माण गर्ने र भरतपुरको ढल तथा फोहोर व्यवस्थापनको काम गर्ने मेयर दाहालले बताइन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति