नबिल बैँकको सीईओमा ज्ञानेन्द्र ढुंगाना

काठमाडौँ, जेठ ९ । नबिल बैँकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा ज्ञानेन्द्र ढुंगाना नियुक्त भएका छन् । शनिबार भएको बैंकको विशेष साधारणसभाले नविल बैंक सञ्चालक समितिको प्रस्ताव अनुसार ढुंगानालाई सीइओमा नियुक्त गरेको हो ।नबिलका वर्तमान सीईओ अनिल शाहको कार्यकाल आगामी असार पहिलो सातामा सकिँदैछ ।

ढुंगानाको नियुक्ति असार १७ गतेबाट लागू हुने बताइएको छ । उहाँ नेपाल बंगलादेश बैँकका पूर्व सीइओ हुन । उनले नबिल बैँक र नेपाल बंगलादेश बैँकबीचको मर्जर प्रक्रियाका लागि भूमिका समेत खेलेका थिए ।नबिल बैँक र नेपाल बंगलादेश बैँकबीच असार अन्तिममा एकीकृत कारोबार सुरु गर्ने गरी तयारी भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति