बलात्कारका आरोपित पाण्डे मानव बेचबिखन मुद्दामा अदालत पेस हुँदै

काठमाडौँ, ९ जेष्ठ । सुन्दरी प्रतियोगिताका नाममा सहभागी युवतीमाथि यौन हिंसा‚ शोषण तथा बलात्कारको आरोप लागेका मनोज पाण्डेलाई प्रहरीले अदालतमा पेस गर्न लागेको छ ।

मानव बेचबबिखन तथा ओसारपसार ऐन, २०७४ अन्तर्गत मुद्दा चलाएर अनुसन्धान गर्नका लागि पाण्डेलाई अदालतमा पेस गर्न लागिएको गृहसचिव टेकनारायण पाण्डेले जानकारी दिए ।

गृहसचिव पाण्डेले कपिलवस्तु घर भई काठमाडौंमा ग्लोबल मोडलिङका नाममा सहभागी महिलामाथि बलात्कार गर्ने मनोजकुमार जैसीलाई अदालतमा पेस गर्न लागिएको जानकारी दिएका हुन् । २०७१ सालमा भएको बलात्कारको घटनालाई युवतीले ८ वर्षपछि केहि दिनअघि टिकटकबाट सार्वजनिक गरेकी थिइन् । त्यसपछि मनोजलाई जेठ ७ गते पक्राउ गरिएको छ ।

‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अन्तर्गत अनुसन्धानका लागि अदालतमा म्याद थप गर्ने कार्य आज भइरहेको छ,’ प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको बैठकमा सोमबार गृहसचिव पाण्डेले भने, ‘अन्य एक जना पीडितसमेत सम्पर्कमा आएको प्रहरीलाई जानकारी भएको छ ।’

मानव बेचबिखन तथा ओसारपसार कानुनमा हदम्यादको व्यवस्था नभएकाले उक्त कानुनअन्तर्गत कारबाही गर्नका लागि म्याद थप गर्न लागिएको गृहसचिव पाण्डेले जानकारी दिए । उनले अन्य कानुनमा हदम्याद भए पनि मानव बेचबिखनअन्तर्गत मुद्दा चलाउन लागिएको जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति