काठमाडौं, ९ जेठ । नेकपा एमालेका नेता भीम रावलको वडा अछामको साँफेबगर नगरपालिका–६ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।
स्वतन्त्रबाट मीनबहादुर बोहरा वडाअध्यक्षमा विजयी भएका हुन्।एमालेबाट वडाध्यक्षका उम्मेदवार दुधकला विष्ट र स्वतन्त्र बोहराको समान २२६ मत आएपछि गोला प्रथाबाट बोहरा विजयी भएका हुन्।
भीम रावलको वडामा स्वतन्त्र उम्मेदवार विजयी
प्रतिक्रिया