सत्तारुढ दलको बैठकः स्थानीय निर्वाचनबारे भएन छलफल, सबै नतिजा आइसकेपछि समीक्षा गर्ने

काठमाडौं, ८ जेठ । सत्तारुढ दलहरुले स्थानीय तह निर्वाचनमा गरेको गठबन्धनको समीक्षा सबै स्थानको नतिजा आएपछि मात्र गर्ने भएको छ ।

स्थानीय चुनावपछि आइतबार पहिलो पटक सत्तारुढ गठबन्धनमा रहेका दलहरुको बैठक बसेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा मओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको बैठकमा चुनावको नतिजाबारे छलफल नै नभएको एक नेताले जानकारी दिए ।

ती नेताका अनुसार आइतबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको विषयमा छलफल भएको छ । नीति तथा कार्यक्रममा दलहरुले आआफ्नो सुझाव दिएका थिए ।

सरकारले आगामी आर्थिक वर्षका लागि जेठ १० गते संसद बैठकमा पेश गर्दैछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति