मकवानपुर, ७ जेठ । मकवानपुरको सिमखोलामा जिप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।इन्द्रसरोवर गाउँपालिका–२, कुलेखानी सिमखोलामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिबार साँझ ५ बजेको समयमा वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ४ च २३१५ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन सकेको छैन ।
जिपमा सवार ८ जना मध्ये अन्य ५ जना घाइते भएका छन् ।घाइतेहरूलाई उपचारका लागि हेटौंडातर्फ लगिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया