भरतपुर महानगर अपडेट : रेणुलाई ३ हजार बढी मतान्तर, पछ्याउँदै सुवेदी 

चितवन, ६ जेठ । भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी माओवादी केन्द्रकी रेणु दाहालले अग्रता लिइरहेकी छन् । 

शुक्रबार दिउँसो २ः४३ बजेसम्म ५८ हजार १३४ गणना हुँदा रेणुल २१ हजार ९६४ मत ल्याएर अग्रता कायम राखेकी छन् । उननलाई १८ हजार ७७९ मतसहित एमालेका विजय सुवेदीले पछ्याइरहेका छन् । 

रेणु र सुवेदीलाई स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ हजार २२३ मत ल्याएर पछ्याइरहेका छन् । 

उपमेयरमा कांग्रेसकी चित्रसेन अधिकारीले २४ हजार २८८ मतसहित अग्रता कायम राख्दा राप्रपाकी हिमला गुरुङले १४ हजार ८४६ मत ल्याएर पछ्याइरहेकी छन् । 
 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति