अफताव आलमको छोरा राजपुर मेयरमा निर्वाचित 

रौतहट, ६ जेठ । कांग्रेसका निलम्बित सांसद मोहम्मद अफताव आलमका छोरा मोहम्मद राजिक आलम राजपुर मेयरमा निर्वाचित भएका छन् । रौैतहट क्षेत्र नम्बर २ बाट निर्वाचित अफतावका छोरा राजिकले ६ हजार ३३५ मत प्राप्त गरे । उनी नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका थिए । 

उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उम्मेदवार मोहम्मद जैद आलमले ३ हजार ७५१ मत पाए । 

उपमेयरमा कांग्रेसकै जमिला असगरीले ६ हजार २६८ मत प्राप्त गरेर विजयी भएकी छन् । उनका निकटतम् प्रतिस्पर्धी जसपाकी चिन्ताकुमारी कलवारले ३ हजार ६२९ मत मात्र ल्याइन् । 

बुबा अफताव व्यक्ति हत्याको अभियोगमा नख्खु कारगारमा पुर्पक्षका लागि थुनामा रहेका बेला छोरा राजिक मेयरमा निर्वाचित भएका हुन् । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति