अर्घाखाँचीका पालिका प्रमुखको सपथ ग्रहण : सन्धिखर्क नगर प्रमुख श्रेष्ठ सहभागी भएनन्

जेठ ६, अर्घाखाँची । अर्घाखाँची जिल्लाका पालिकामा नवनिर्वाचित प्रमुख तथा अध्यक्षहरूलाई सन्धिखर्कमा सपथ ग्रहण गराइएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आयोजना गरिएको विशेष समारोहमा जिल्ला न्यायाधीश बासुदेव न्यौपानेले नगपालिकाका प्रमुख तथा गाउँपालिकाका अध्यक्षहरूलाई शुक्रबार पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।

सपथग्रहणमा भूमिकास्थानका नगर प्रमुख झविलाल थापा, शीतगंगा नगरपालिकाका नगर प्रमुख छविलाल पौडेल, मालारानी गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराई, पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपाने र छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ सहभागी थिए । कार्यक्रममा सन्धिखर्क नगरपालिकामा निर्वाचित सबै जनप्रतिनिधिलाई सम्मानसहित प्रमाणपत्रसमेत प्रदान गरिएको थियो ।

सवै स्थानीय तहका प्रमुखहरू सपथग्रहणमा सहभागी भए पनि सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठ भने सहभागी भएनन् । आफ्नी आमाको निधन भएपछि किरियाकर्ममा रहेका कारण श्रेष्ठ सपथग्रहणमा सहभागी नभएका हुन् । श्रेष्ठलाई किरियाकर्मबाट निस्किएपछि सपथ ग्रहण गराउने तयारी गरिएको बुझिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति