अछामको पहिलो महिला नगर प्रमुख बनिन् अम्बिका चलाउने

अछाम, ६ जेठ । अछामको पहिलो नगर प्रमुखमा पञ्चदेवल विनायक नगरपालिकाबाट अम्बिका चलाउने निर्वाचीत भएकी छन् । नेपाली कांग्रेसबाट नगर प्रमुखमा उम्मेदवारी दिएकी उनले ५ प्रतिस्पर्धाीलाई पछाडि पार्दै नगर प्रमुखमा विजयी भएकी हुन् ।

उनले ३ हजार ६५३ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धाीहरू माओवादी केन्द्रका रामबहादुर विकले ३ हजार १७२, एमालेका नन्दबहादुर कडायत २ हजार ६९७, एकीकृत समाजवादीका योगेन्द्रबहादुर विष्ट ६ ९२ र स्वतन्त्र टंक तिमिल्सैना १५४ मत पाए । 

उपप्रमुखमा कांग्रेसकै हर्कबहादुर रावल विजयी भए। उनले ४ हजार १८८ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी माओवादी केन्द्रकी रीता रावल २ हजार ६१८, एमालेकी राजु सञ्जाल १ हजार २  र  एकीकृत समाजवादीकी कृष्णा जैशी न्यौपानेले ८७८ मत पाए । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति