सुर्खेतको वीरेन्द्रनगरमा एमाले जीत, मेयरमा माेहनमाया र उपमेयरमा निलकण्ठ

काठमाडौं, ५ जेठ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।

गठबन्धनका उम्मेदवार उपेन्द्र खड्कालाई ५५४ मत अन्तरले पराजित गर्दै मोहनमाया ढकाल विजयी भएकी हुन् ।

मेयरमा एमालेकी ढकालले १६ हजार ३८ मत ल्याएर विजयी भएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उपेन्द्र खड्काले १५ हजार ४८४ मत पाए । मेयरमा राष्ट्रि प्रजातन्त्र पार्टीका मुकुन्दश्यम गिरीले ९ हजार ९८८ मत पाएका छन् ।

यस्तै, उपमेयरमा एमालेकै निलकण्ठ खनाल विजयी भएकी छन् । खनालले २० हजार ३६४ मत पाएर विजयी भएका हुन् भने उनका निकटतम माओवादीकी शान्ती ढकालले ११ हजार ५३३ मत पाएकी छिन् । त्यस्तै राप्रपाकी लक्ष्मी कुमारी सार्कीले ३६९७ पाएकी छिन् ।

वीरेन्द्रनगर नगरपालिकामा ०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेस मेयरमा निर्वाचित भएको थियो । तर, यो पटक भने गठबन्धन गर्दा पनि पराजित भयो । मेयरमा विजयी ढकाल निवर्तमान उपमेयर हुन् । ०७४ मा एमालेका बालाराम शर्मा मेयरमा पराजित हुँदा ढकालले अत्याधिक मत सहित उपमेयरमा जितेकी थिइन् ।

यसअघि एक्लै मेयरमा जितेको नेपाली काँग्रेस यो पटक माओवादी केन्द्रको साथ पाउँदा समते पराजय बेहोर्नु परेको छ । गुटगत राजनीतिले थलिएको काँग्रेस आन्तरिक बेमेलले नैै पराजित भएको काँग्रेसकै नेताहरु बताउँछन् ।

वीरेन्द्रनगरमा काँग्रेसको संस्थापन पक्ष पार्टीका उपसभापति पुर्णबहादुर खड्का र संस्थापन इतरका नेता हृदयराम थानीबीचको आन्तरिक कलहको परिणाम नै काँग्रेस पराजयको मुख्य कारण भएको नेताहरुको ठहर छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति