काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले २० हजार ९९० मतसहित अग्रता कायम राखेका छन् ।
एमालेका केशव स्थापित ११ हजार ८३ मतसहित बालेन्द्रलाई पछ्याइरहेका छन् भने कांग्रेसका सिर्जना सिंह १० हजार २९८ मतका साथ तेस्रो स्थानमा छन् ।
उपमेयरमा एमालेकी सुनिता डंगोल २० हजार ५९० मतसहित अग्रता कायम राखेकी छन् भने एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ ७ हजार १९५ मतसहित दोस्रो स्थानमा छन् ।
काठमाडौं महानगरपालिकाको वडाहरु १, २, ३, ४ र ५ को मतगणना भइसकेको छ ।
प्रतिक्रिया