काठमाडौं । नेकपा माओवादी केन्द्रले अघिल्लो स्थानीय तह निर्वाचनको विरासत ब्रेक गरेका छन ।
२०७४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले १०६ पालिका जितेको थियो । अहिलेसम्म माओवादी केन्द्रले १०६ पालिका प्रमुख जितिसकेको छ । मतगणना चलिरहेका १४ पालिकामा अझै माओवादी केन्द्र अगाडि छ ।
अन्तिम नतिजा आइसकेका ५६५ पालिकामध्ये अहिलेसम्म माओवादी केन्द्रले १११ पालिकाको उपप्रमुख जितिसकेको छ।
गत चुनावमा माओवादीले देशभरका १ हजार १०२ वटा वडामा जित हात पारेको थियो। अहिलेसम्म सार्वजनिक नतिजाअनुसार उसले ९२५ स्थानमा मात्र वडाध्यक्ष जितेको छ।
माओवादी केन्द्रले प्रमुख र उपप्रमुखमा विगतको भन्दा बढी जित्ने देखिए पनि वडाध्यक्ष र वडा सदस्यमा भने उसको संख्या घट्ने संकेत देखिएको छ।
गत चुनावमा माओवादीले ४ हजार १२३ जना वडा सदस्य जितेको थियो । यसपालि अहिलेसम्म माओवादीले कुल ३ हजार ३१३ स्थान जितेको छ ।
प्रतिक्रिया