काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसित गृहमन्त्री बालकृष्ण खाण र कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले भेटेका छन् ।
विहीबार बिहान खुमलटार पुगेर उनीहरूले प्रचण्डलाई भेट्दै समसामयिक राजनीतिबारे छलफल गरेका छन् ।
भेटमा सरकारले संसदमा पेश गर्न लागेका विभिन्न विधेयकबारे छलफल भएको गृहमन्त्री खाणले बताएका छन् ।
प्रतिनिधि सभाको जारी अधिवेशनमा राजनीतिक दलहरूबीचको सहमतिमा नागरिकता विधेयक पेस गर्ने विषयमा पनि भेटमा छलफल भएको छ।
गृहमन्त्री खाणले नागरिकता विधेयकबारे पटकपटक दलहरूसँग छलफल गरेका थिए।
सरकारले दलीय सहमतिमा नागरिकता विधेयक संसद्मा पेस गर्ने तयारी गरेको छ। दलीय सहमति जुटाउन गृहमन्त्री खाण र कानुनमन्त्री शर्माले माओवादी अध्यक्ष प्रचण्डसँग कुराकानी गरेका छन्।
प्रतिक्रिया