बनेपा । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाको गृहनगरमा एकीकृत समाजवादीले जितेको छ ।
काभ्रेको मण्डन देउपुर नगरपालिका प्रमुखमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका हुन् ।
गठबन्धनबाट उम्मेदवार भएका एकीकृत समाजवादीका टोकबहादुर वाइबा ९ हजार ४ सय ६ सहित मेयर बनेका हुन् । निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार विदुरप्रसाद सापकोटाले ८ हजार ३ सय ५१ मत पाएका छन् ।
उपमेयरमा नेपाली काँग्रेसका विष्णुमणी नेपाल ११ हजार ३ सय ५ मत पाएर विजयी भएका छन् ।
पराजित भएकी एमालेकी सरिता ढकालले ६ हजार ९ सय २४ मत ल्याएकी छन् ।
प्रतिक्रिया