वीरगन्जको मेयरमा एमालेका सरावगीभन्दा जसपा राजेशमान दोब्बर मतले अघि

काठमाडौं, ५ जेठ । वीरगन्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी ९जसपा०ले ८ हजारको भन्दा बढी अग्रता लिएको छ।

सत्ता गठबन्धनको तर्फबाट जसपा उम्मेदवार राजेशमान सिंहले १६ हजार ३ सय ६४ मत ल्याएका छन्। उनलाई पछ्याइरहेका एमाले-लोसपा गठबन्धनका तर्फबाट एमाले उम्मेदवार विजय सरावगीले ८ हजार ३ सय मत पाएका छन्।

अहिलेसम्म ३० हजार १ सय ६३ मत गणना भएको छ। उपप्रमुखमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका इम्तियाज आलमले ११ हजार ४ सय ६३ मत पाएका छन्।

उपमेयरमा लोसपा उम्मेदवार पुरुषोतम लाल झाले २ हजार २ सय ७३ मत पाएका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति