मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार रञ्जन कालाखेती र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)की सीता पुलामी विजयी भएका हुन् ।
कालाखेतीले ९ हजार ३१६ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार एकराज उप्रेतीले ४ हजार ९ सय ७० मत पाए । उप्रेती गाउँपालिकाको निवर्तमान अध्यक्ष पनि हुन् ।
उपाध्यक्षमा सीता पुलामीले ६ हजार ४ सय ७० मत प्राप्त गर्दै विजयी भइन् । उनको निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)की उम्मेदवार सुजिता थिङले ५ हजार ४५४ मत प्राप्त गरिन् ।
प्रतिक्रिया