मदनसुन्दरप्रतिको वितृष्णाले मध्यपुरमा एमालेको हार : महेश बस्नेत

भक्तपुर । नेकपा (एमाले)का नेता महेश बस्नेतले एमालेप्रति नभइ मदनसुन्दर श्रेष्ठप्रतिको वितृष्णाले मध्यपुर थिमिमा एमालेले हार व्यहोर्नुपरेको बताएका छन् ।

बुधबार अन्तर्वार्तामा उनले एमालेप्रतिको वितृष्णाले नभइ मदनसुन्दरको वितृष्णाले नगरमा एमाले हार्नुपरेको दाबी गरे । उनले भने, ‘यसो भन्दा मदनसुन्दरलाई नराम्रो लाग्नसक्छ, तर यही नै वास्तविकता हो।’

‘मैले त उम्मेदबारी दिँदा नै मदनसुन्दरलाई नदोहर्‍याऔं बरु प्रदेश सभामा पछि उठनुस् भनेका थिएँ,’ उनले भने, ‘मनदसुन्दरले जिद्दी गर्नुभयो ।’ यसैको परिणाम एमालले हार व्यहोर्नु परेको उनको भनाइ थियो ।

मध्यपुरथिमि नगरपालिकाको निवर्तमान मेयर मदनसुन्दर यस पटकको निर्वाचनमा कांग्रेसका सुरेन्द्र श्रेष्ठबाट मेयर पदमा पराजित भए । जिल्लामा मदनसुन्दर महेश बस्नेतविरुद्धको समूहका मानिन्छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति