देवदह नगरपालिकामा मेयर उपमेयर दुवै पदमा एमाले विजयी

बुटवल, ४ जेठ । रुपन्देहीको देवदह नगरपालिकाको नगर प्रमुख र उपप्रमुख दुवै पदमा एमाले विजयी भएको छ । नगर प्रमुखमा नेकपा एमालेका नेता ध्रुव खरेल निर्वाचित भएका हुन् ।

एमालेको तर्फबाट नगर प्रमुख पदमा उम्मेदवार बनेका खरेलले नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनमा उम्मेदवार बनेका हिरा खत्रीलाई एक हजार ६२० मत अन्तरले पराजित गरी नगर प्रमुख निर्वाचित भएका हुन् ।

खरेलले १२ हजार ९४३ मत पाउदा खत्रीले ११ हजार ३२३ मत पाए । खरेलसँग पराजित भएका नेपाली कांग्रेसका जिल्ला सचिवसमेत रहेका खत्री २०७४ सालको निर्वाचनमा एमालेका टिकाराम चापागाईलाई पराजित गरी नगर प्रमुख निर्वाचित भएका थिए ।

त्यसैगरी नगर उपप्रमुखमा नेकपा एमालेकै विद्यालक्ष्मी गुरुङ निर्वाचित भएकी छन् । २०७४ सालमा उपप्रमुख निर्वाचित गुरुङले गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी सुन्दरी गिरीलाई ६ हजार ४९४ मतान्तरले पराजित गरेकी छन् । ४८ हजार २९१ मत खसेको देवदहमा गुरुङले १३ हजार ७८४ मत पाउदा गिरीले सात हजार २९० मत पाइन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति