धरान उपमहानगरपालिकाको मत गणना माओवादीकाे प्रदर्शनीले अवरुद्ध

विराटनगर, ४ जेठ । धरान उपमहानगरपालिकाको मत गणना रोकिएको छ । नेकपा माओवादी केन्द्रका कार्यकर्ताले वडा नम्बर २० को मत परिणाममा असन्तुष्टि जनाउँदै प्रदर्शनमा उत्रिएपछि मत गणना रोकिएको हो ।

मत गणनामा धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता लिइरहेका छन् । उनले ८ हजार ४६ मत पाउँदा नेपाली कांग्रेसका उम्मेदवार किशोर राई ७ हजार ९९६ मत ल्याउँदै पछ्याइरहेका छन् । तेस्रो स्थानमा रहेकी नेकपा एमालेकी मञ्जु भण्डारी सुवेदीले ६ हजार ६१० मत पाएकी छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति