सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । नेकपा एमालेका नेता शंकरराज बराल ४७४४ मतसहित अध्यक्षमा विजयी भएका छन ।
उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका पुष्पबहादुर कार्कीले ४४६३ मत प्राप्त गरे ।
त्यस्तै उपाध्यक्षमा गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका ज्वालाप्रसाद न्यौपाने ४२४२ मतसहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका ममता देवकोटा ३८३८ मत ल्याइन ।
प्रतिक्रिया