पर्वतको जलजला गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

काठमाडौं, ४ जेठ । पर्वतको जलजला गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्।

गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार राजु प्रसाद आचार्य ५ हजार ६ सय ५७ मतसहित अध्यक्षमा विजयी भएका छन् भने माओवादीका दिपक आचर्य ४ हजार ७ सय ९२ मतसहित दोस्रो भएको निर्वाचन आयोगले जनाएको छ।अध्यक्षका प्रतिस्पर्धी एमालेका लाल बहादुर अधिकारीले ४ हजार १ सय ८४ मत प्राप्त गरेका छन्। उपाध्यक्षकी प्रतिस्पर्धी एमालेकी सुनिता बरुवालले ४ हजार ७ सय १५ मत प्राप्त गरेकी छिन्। यस पालिकाका ९ वटामध्ये एमालेले ५ वडाध्यक्ष, कांग्रेसले २ र माओवादी केन्द्रले २ वडाध्यक्ष जितेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति