रामेछापको उमाकुण्डको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी

रामेछाप, ४ जेठ । रामेछापको उमाकुण्ड गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका शेरबहादुर सुनुवार र उपाध्यक्षमा नेपाली कांग्रेसकी सावित्री सुनुवार विजयी हुनुभएको छ ।

सुनुवारले ३ हजार ७ सय २८ मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका जितबहादुर कटुवालले २ हजार १ सय ७२ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी उपाध्यक्ष पदमा नेपाली कांग्रेसकी सावित्री सुनुवारले २ हजार ९ सय २२ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी गङ्गा कार्कीले २ हजार ८ सय ३४ मत प्राप्त गर्नुभएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति