नेपालका लागि भारतको नयाँ राजदूतमा चीन विज्ञ श्रीवास्तव नियुक्त

काठमाडौँ ३ जेठ । नेपालका लागि भारतको नयाँ राजदूतमा नवीन श्रीवास्तव नियुक्त भएका छन् । भारतीय विदेश मन्त्रालयले श्रीवास्तवलाई नियुक्त गरेको प्रस वक्तव्य मार्फत जनाएको छ । श्रीवास्तवले यसअघि कम्बोडियाको राजदूत र चीनको सांघाईमा महावाणिज्य दूतको जिम्मेवारी सम्हालिसकेका छन् ।

पूर्वी एसिया मामिला हेर्ने अतिरिक्त सचिव कूटनीतिज्ञ श्रीवास्तव चीन विज्ञका रूपमा चिनिन्छन् । नेपालमा रहेका राजदुत विनय मोहन क्वात्रालाई विदेश सचिवमा नियुक्त गरेपछि श्रीवास्तव नयां राजदूतका रुपमा नियुक्त भएका हुन् ।

भारतीय विदेश सेवामा सन् १९९३ मा प्रवेश गरेका श्रीवास्तवले नेपालसँगको सम्बन्धलाई सम्हाल्ने छन् । उनले यसअघि पूर्वी लद्दाखमा भारतीय र चिनियाँ सैनिकबीचको झडपपछिको तनाव समाधानका लागि विशेष पहल गरेको भारतीय सञ्चार माध्यमले जनाएका थिए ।

नेपाली राजनीतिमा चिनियाँ कम्युनिस्ट पार्टीको प्रभाव बढिरहेका बेला श्रीवास्तवको कार्यकाल चुनौतीपूर्ण हुन सक्ने भारतीय मिडियाले श्रीवास्तवको नयां राजदूतमा प्रास्तवित हुने बेलैमा लेखेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति