सिरहाको विष्णुपुरमा अध्यक्ष एमाले र उपाध्यक्षमा जसपा विजयी

सिरहा, ३ जेष्ठ । विष्णुपुर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका सत्य नारायण यादव र उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) की गीता कुमारी सिंह निर्वाचित भएका छन् ।

एमालेका यादवले जसपाका निवर्तमान अध्यक्ष जागेश्वर यादवलाई ४१ मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

विजयी यादवले २ हजार १ सय ५८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी जसपाका यादवले २ हजार १ सय १७ मत प्राप्त गरे ।

उपाध्यक्षमा भने जसपाकी गीता कुमारी सिंह निर्वाचित भइन् । उनले २ हजार २ सय ७२ मत प्राप्त गरिन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी चन्द्रकला कुमारी यादवले १ हजार ९ सय ६९ मत प्राप्त गरिन् ।

पाँच वटा वडा रहेको विष्णुपुर गाउँपालिकामा वडा नम्बर २, ४ र ५ मा क्रमशः कांग्रेसका प्रमोद कुमार यादव, रामवावु यादव र जैनाथ महतो निर्वाचित भएका छन् ।

बाँकी वडा नम्बर १ र ५ मा क्रमशः जनता समाजवादी पार्टीका भोगेन्द्र प्रसाद यादव र जय कुमार यादव निर्वाचित भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति