भोजपुरको षडानन्दको मेयरमा एमाले र उपमेयरमा माओवादी केन्द्रकाे जीत

भोजपुर, ३ जेठ । भोजपुरको षडानन्द नगरपालिकाको मेयरमा नेकपा एमालेका सुरेन्द्रकुमार उदास विजयी भएका छन् । उनले गठबन्धनतर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका वीरबल राईलाई १ हजार १५ मत अन्तरले पराजित गरेका छन् ।

मेयरमा निर्वाचित उदासले ६ हजार ७७२ मत पाउँदा राईले ५ हजार ७५७ मत ल्याए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा राईले उदासलाई हराएका थिए ।

मेयरमा एमालेका उदास विजयी हुँदा उपमेयरमा भने नेकपा माओवादी केन्द्रकी प्रमिला राई निर्वाचित भएकी छन् । उनले ७ हजार २५७ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्दी एमालेकी मेरिका राईले ४ हजार ३५८ मत ल्याइन् ।

२०७४ सालको निर्वाचनमा प्रमिला मेरिकासँग पराजित भएकी थिइन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति