काठमाडौँमा बालेनको अग्रता कायमै, कसले कति मत पाए ?

काठमाडौँ । काठमाडौँ मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् । निर्वाचन आयोगले औपचारिक रुपमा दिएको पछिल्लो जानकारीअनुसार बालेनले चार हजार ३०३ मतले मतान्तरले अग्रता कायम राखेका छन् ।

वडा नम्बर १ र २ मतगणना सकिएको र केही वडाको गणना भइरहेको जानकारी दिएको आयोगले पछिल्लो विवरणअनुसार बालेनले नौ हजार ४९९ मत ल्याएर अग्रता लिइरहेका बताएको छ ।

‘ लौरौले (बालेन साह)ले नौ हजार ४९९ मत पाएको छ,’ मुख्य निर्वाचन अधिकृतको कार्यालय काठमाडौँका प्रेमकुमार श्रेष्ठले भने ।

उनका अनुसार दोस्रोमा रहेर पछ्याइरहेका एमाले उम्मेदवार केशव स्थापितले पाँच हजार १९६ मत पाएका छन् भने कांग्रेसकी सिर्जना सिंहले चार हजार ५४० मत पाएकी छन् ।

यसैगरी, राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ८८१ मत पाएका छन् । मतगणना जारी छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति