छायाँनाथ रारा नगरपालिका–१ का वडाध्यक्ष मल्लले राज्यको सुविधा नलिने

मुगु । छायाँनाथ रारा नगरपालिका वडा नम्बर १ का नवनिर्वाचित वडाध्यक्ष पदमराज मल्लले राज्यबाट पाउने सेवा सुविधा नलिने घोषणा गरेका छन् ।

वडा अध्यक्षमा निर्वाचित भएपछि मल्लले यस्तो घोषणा गरेका हुन् । २०६२ सालमा नेपाली कांग्रेसअन्तर्गत विभिन्न भ्रातृ संगठनमा आवद्व भइ राजनिति यात्रा सुरु गरेका थिए ।

उनी खेल क्षेत्रमा पनि आबद्ध थिए । क्षेत्रीय र राष्ट्रिय स्तरका खेलकुदमा सहभागी भएको उनले बताए । मल्लले मध्यपश्चिममा ३ पटक भलिबलको नेतृत्व लिएका थिए । यो सँगै उनले ३ वर्षसम्म नेपाल सरकारको सशस्त्र प्रहरी बलको विभागीय जवानमा जागिर गरेको उनले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति