२३९ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक, कहाँ कसले जिते ?

काठमाडौँ, ३ बैशाख । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम सार्वजनिक भइरहेको छ । मंगलबार बिहान ६ बजेसम्ममा २३५ पालिकाको नतिजा आएको निर्वाचन आयोगले जनाएको छ । अहिलेसम्म निर्विरोध निर्वाचितसमेत गरी नेपाली कांग्रेसले १०९, नेकपा एमालेले ६४, नेकपा माओवादी केन्द्रले ५२, नेकपा एकीकृत समाजवादीले ४ र जनता समाजवादी पार्टीले २ स्थानमा जितेका छन् । राष्टिय जनमोर्चा १ र स्वतन्त्रमा ७ जना विजयी भएका छन ।

मंगलबार ६ बजेको परिणामअनुसार कांग्रेसले २०७ स्थानमा अग्रता लिएको छ भने एमालेले १२० स्थानमा अग्रता लिएको छ । त्यस्तै, माओवादी केन्द्रले ६७, नेकपा एकीकृत समाजवादीले ९, र जसपाले ७ स्थानमा अग्रता बनाएका छन् । एकीकृत समाजवादी १८, जनता समाजवादी पार्टी २७, लोकतान्त्रिक समाजवादी पार्टी ११ र अन्य २१ ठाउँमा अगाडि छन् ।

उपप्रमुख/उपाध्यक्ष तर्फ कांग्रेसले १०५, एमाले ६४, माओवादी ४७, एकीकृत समाजवादीले ९ स्थानमा जितेका छन् । यस्तै जसपा ३ र अन्य ४ स्थानमा अगाडि रहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति