कहिले तल कहिले माथि :रेनु फेरि १२ मतले अगाडि


काठमान्डौ जेष्ठ २,
भरतपुर महानगरपालिकामा मेयरका उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले पुनः अग्रता बनाएकी छन् । कुल १५ हजार ३१ मतगणना गर्दा रेनु दाहालले ५०३९ मत प्राप्त गरेकी हुन् । यस्तै एमालेका उम्मेदवार विजय सुवेदीले ५०२७ मत पाएकी छन् । रेनु र विजयको मतान्तर १२ मत रहेको छ । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २३५५ मत पाएका छन् ।

यस्तै उपमेयरमा चित्रसेन अधिकारीले ६०४३ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले ४०४२ मत पाएकी छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति