बागलुङको जैमिनी नगरपालिका – ७ को वडा अध्यक्षमा केन्द्र रसाईली विजयी

बागलुङ बैशाख २
– बागलुङको जैमिनी नगरपालिका वडा नम्बर ७ जैदीको वडा अध्यक्षमा केन्द्र रसाईली निर्वाचित भएका छन् । पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका उनले ८ सय ३९ मत प्राप्त गरि विजयी भएका हुन् ।

खुल्ला महिला सदस्य युगमाया राना थापाले १ हजार १३, दलित महिला सदस्यमा बिमला सुनारले १ हजार ९, खुल्ला सदस्यमा भुपेन्द्र रानाले १ हजार ८७ र खुल्ला सदस्य अर्जुन शर्माले ८ सय ६४ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

राजनीतिलाई पेशा नबनाइ सेवा बनाउने उद्देश्यका साथ जनताको सेवामा अगाडि बढ्दै गइरहेका युवा व्यक्तित्व केन्द्र बहादुर सुनार अर्थात केन्द्र रसाइली यतिबेला फेरि चर्चामा आएका छन् ।

जैमुनी नगरपालिका वडा नम्बर ७ बाट यस पटक वडा अध्यक्षमा होमिएका थिए कडा प्रतिस्पर्धाका बाबजुद पनि रसाइली निर्वाचन जित्न सफल भएका हुन् ।

गत स्थानीय तहको निर्वाचनमा वडा सदस्य निर्वाचित भए देखिनै जनताको मन जित्न सफल भएका सुनारले ५ वर्षसम्म जनताको पक्षमा गरेको कामको कारण यसपटक निर्धक्कसँग वडा अध्यक्षमा नेपाली कांग्रेसबाट टिकट पाएर चुनावी अभियानमा होमिएका थिए ।

पाँच वर्ष वडा सदस्यको काम गरेका रसाइलीले आफू जनप्रतिनिधि भएपछि आफ्नो खातामा जम्मा भएको रकम शिक्षा र स्वास्थ्यमा खर्च गर्दै आएका थिए ।

उनले “राजनीति पेशा होइन, निस्वार्थ सेवा हो“ भन्दै खातामा जम्मा भएको सबै रकम गाउँको स्वास्थ्य र शिक्षामा खर्च गरेका थिए । रसाइली जनप्रतिनिधि भएदेखि विभिन्न सामाजिक सेवा गर्दै आएको त्यसलाई निरन्तरता दिदै जाने सोचका साथ अगाडि बढिरहेको रसाइलीले बताए ।

गत स्थानीय तहमा नगरपालिकाबाट पाएको तलबभत्ता सबै पटकपटक स्थानीय जनताको लागि खर्च गरेका केन्द्र सुनारले कोभिडको समयमा देखाएको सक्रियता,गाउँका गरिव विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गर्ने लगायत जनताको पक्षमा गरेको कामको कारण जनताको मनमा बस्न सफल भएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति