बैतडीको सिगास गाउँपालिका अध्यक्षमा कांग्रेसका हरी र उपाध्यक्षमा एमालेका धाना 

बैतडी, २ जेठ । बैतडीको सिगास गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका हरी सिंह धामी विजयी भएका छन् । उनले नेकपा एमालेका जसबीर सिंह बोहरालाई पराजित गर्दै विजयी भएका हुन् । यसअघि २०७४ को निर्वाचनमा पनि यी दुईबीचको प्रतिस्प्रधामा धामी विजयी भएका थिए ।  

निर्वाचन जित्दै गर्दा धामीले ३४४९ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी  एमालेका जसबिर बोहराले १८०० मत ल्याएका छन् । 

गाउँपालिकाको उपाध्यक्षमा भने नेकपा एमालेकी धाना धामी विजयी भएकी छन् । धामीले २९३९ मत प्राप्त गरेकी छन्  भने उनकी निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी सुमित्रा ऐरले २६९६ मत प्राप्त गरेकी छन् । 

सिगास गाउँपालिकाको वडा न. १ मा कांग्रेसका रामचन्द्र ऐरी, २ मा एमालेका ठकेन्द्र ऐरी, ३ मा कांग्रेसका अमरसिंह धामी, ४ मा काग्रेसका हरिसिंह बोहरा ५मा एमालेका राजेन्द्र चन्द, ६ मा कांग्रेसका तेज बहादुर बोहरा, ७ मा कांग्रेसका कृष्ण कुमार साउद, ८ मा एमालेका केशव बहादुर बोहरा विजयी भएकाछन् । वडा न.९ मा कांग्रेसका कृष्ण सिंह धामी विजयी भएका छन् ।
 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति