दार्चुलामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–६ ग्वानीमा आज बिहान जिप दुर्घटना हुदा तीन जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा जिप चालक स्थानीय २३ वर्षीय प्रकाश सिंह धामी, जिपमा सवार सोही स्थानका १९ वर्षीय हरिश धामी र २२ वर्षीय नबिन धामी रहेका छन् ।

गोकुलेश्वर बजारबाट ग्वानीतर्फ जाँदै गरेको से १ ज २७७ नम्बरको जिप आज बिहान साढे ९ बजे अनियन्त्रित भइ सडकबाट अन्दाजी ५ सय मिटर तल खसेको थियो । 

जिपमा चालक सहित ३ जना मात्र सवार रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति