काठमाडौँ । स्थानीय तह निर्वाचनको मतगणना जारी छ । मतगणना अनुसार वडाध्यक्ष जित्नेमा सबैभन्दा बढी नेपाली कांग्रेस रहेको पाइएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार सोमबार दिउँसो १२ बजेसम्मको परिणाममा कांग्रेसले १ हजार ९ वडामा जित हासिल गरेको छ । कांग्रेसले १ सय ४ वडामा अग्रता लिइरहेको छ ।
वडा जित्नेमा एमाले दोस्रो स्थानमा रहेको छ । एमालेका ७ सय ८६ वडाअध्यक्षका उम्मेदवारले जित हासिल गरेका छन् । एमालेका ९३ वडा अध्यक्ष उम्मेदवारले अग्रता लिइरहेका छन् ।
नेकपा माओवादी केन्द्रले ४ सय ४० वडामा जित हासिल गरेको छ । उसका ४२ वडाअध्यक्ष उम्मेदवारले अग्रता लिइरहेका छन् ।
चौथो नम्बरमा एकीकृत समाजवादी रहेको छ । एकीकृत समाजवादीका ६२ वडाध्यक्ष उम्मेदवारले जित हासिल गरेका छन् भने ६ जनाले अग्रता लिइरहेका छन् । अन्य राजनीतिक दल र स्वतन्त्र गरी १ सय ६३ वडाध्यक्षले जित हासिल गरेका छन् भने ४६ जनाले अग्रता लिइरहेका छन् ।
कतिपय स्थानीय तहको मतपरिणाम आयोगले सार्वजनिक गरिसकेको छै । हालसम्मको यो डेटाअनुसार कांग्रेस अग्रस्थानमा देखिएको छ ।
प्रतिक्रिया