प्रधानमन्त्री देउवाले गरे गौतमबुद्ध विमानस्थलको उद्घाटन, जजिरा एयरवेजको अन्तर्राष्ट्रिय विमान अवतरण

रूपन्देही, २ जेठ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्री शेरबहादुर देउवाले शुभारम्भ गरेका छन् भने कुवेतको जजिरा एयरवेजको अन्तर्राष्ट्रिय विमान पहिलोपटक विमानस्थलमा अवतरण भएको छ ।

नियमित अन्तर्राष्ट्रिय उडानका लागि जजिराले अनुमति पाएको थियो । जजिराले बुद्धजयन्तीको अवसर पारेर सोमबारदेखि नियमित रूपमा कुवेत–भैरहवा–कुवेत उडान गर्नेछ ।

नेपाली समय अनुसार सोमबार बिहान २ बजेर ३० मिनेटमा कुबेतबाट उडान भरेको जजिराको विमान बिहान ७ बजेर ७ मिनेटमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । जजिराले हाल काठमाडौंमा समेत नियमित उडान गरिरहेको छ । जजिरा एयरले अहिले हप्ताको ३ दिन उडान गर्नेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति