काठमाडौंमा बालेनले थप बढाए अग्रता

काठमाडौं, जेठ २ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले झण्डै दोब्बर मतसहित आफ्नो अग्रता कायम राखेका छन् ।

पछिल्लो मतगणना अनुसार पाँच हजार चार सय ४६ मतसहित बालेन अग्र स्थानमा छन् । उनलाई नेकपा एमालेका केशव स्थापितले २९ सय ५२ मतसहित पछ्याइरहेका छन् ।
गठबन्धनको तर्फबाट कांग्रेसकी प्रमुख उम्मेदवार सिर्जना सिंह २५ सय ७७ मतसहित तेस्रो स्थानमा छन् ।काठमाडौँका २, ३, ४, ३१ र ३२ नम्बर वडामा खसेको मतपत्रको गणना चलिरहेको छ। उपमेयरमा भने नेकपा एमालेकी सुनिता ढंगोलले अग्रता कायमै राखेकी छन् ।

सुनिता तीन हजार ३८४ मतसहित तेब्बर मतले अगाडि छन् । गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठलाई हजार मत कटाउनै समस्या भएको छ ।

काठमाडौं महानगर वडा नम्बर १ मा एमालेका तर्फबाट भरतलाल श्रेष्ठ निर्वाचित भएका छन् । अन्य वडाको मतपरिणाम भने आउन सकेको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति