ताप्लेजुङको फक्ताङलुङमा गठबन्धनबाट माओवादीका लिम्बु निर्वाचित

ताप्लेजुङ २ जेठ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका राजन लिम्बु निर्वाचित भएका छन् । लिम्बु २६६० मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सरोज लिम्बु २३१२ मत पाए । जसपाकी मञ्जिता लिम्बु १५० मत सहित तेस्रो स्थानमा रहिन् ।

यसैगरी गाउँपालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेसका रविन साम्रा लिम्बु २३५८ मतसहित निर्वाचित भएका छन् । उनले नेकपा एमालेकी शान्तिमाया लिम्बु पौडेललाई १४६ मत अन्तरले पाराजित गरिन्।

एमालेकी शान्तिमायाले २२१२ मत पाइन् ।
यो पालिकामा नेका र माकेको गठबन्धन थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति