फक्ताङलुङमा माओवादी र ऐसेलुखर्कमा एमाले विजयी

ताप्लेजुङ । ताप्लेजुङका दुई वटा गाउँपालिकाकाे नतिजा सार्वजनिक भएकाे छ । फक्ताङलुङ गाउँपालिकामा माओवादी केन्द्र र  ऐसेलुखर्क गाउँपालिकामा एमाले विजयी भएकाे हाे  ।

फक्ताङलुङ गाउँपालिका : अध्यक्षमा माओवादी केन्द्रबाट राजन लिम्बू ‘मुक्ति’ विजयी भएका छन् ।  बिहान सम्पन्न मतगणना अनुसार लिम्बू २ हजार ६६० मत ल्याएर विजयी भएका हुन् ।

उनी निकटतम प्रतिद्वन्द्वी एमालेका सरोज लिम्बूलाई ३४८ मतान्तरले पछि पार्दै अध्यक्ष बनेका हुन् । पराजित सरोजले २ हजार ३१२ मत पाएकाे निर्वाचन अधिकृतको कार्यालय तापेथोकले जनाएको छ ।

उपाध्यक्षमा २ हजार ३५८ मत ल्याउँदै कांग्रेसका सबिन साम्रा लिम्बु निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी एमालेका शान्ति माया लिम्बू पौडेलले २ हजार २१२ मत ल्याइन् ।

ऐसेलुखर्क गाउँपालिका :  ऐसेलुखर्क गाउँपालिकामा गिरेन्द्रबहादुर राई अध्यक्षमा विजयी भएका छन् । गठबन्धनबाट उठेका नेकपा माओवादी केन्द्रका उम्मेदवार श्रीबहादुर राईलाई पछि पार्दै गिरेन्द्र गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन् । उपाध्यक्षमा गठबन्धनकातर्फबाट उठेका कांग्रेसका राजेश राजभण्डारी विजयी भएका छन् । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति