सोलुखुम्बुको थुलुङ दूधकोशीमा माओवादी केन्द्रका राई निर्वाचित

सोलुखुम्बु, १ जेठ । थुलुङ दुधकोशी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका असिम राई र उपाध्यक्षमा सविता राई निर्वाचित भएका छन् । यहाँ ९ हजार ७ सय ८८ मत खसेको थियो । राईले गाउँपालिका अध्यक्षमा करिब ५ सय मतान्तरसहित जितेका हुन् । उनले ४ हजार ४९ मत प्राप्त गर्दा नेपाली कांग्रेसका वीर बहादुर गुरुङले ३ हजार ५ सय ११ मत पाए । एमालेका आङबाबु राई १ हजार ६ सय १ मतमा समेटिए ।त्यस्तै, उपाध्यक्ष पदमा सविताले करिब ३ सय मता

रले निर्वाचित भइन् । उनले ३ हजार ८ सय मत प्राप्त गर्दा कांग्रेसकी एका कुमारी कार्कीले ३ हजार ५ सय २३ मत ल्याइन् ।
एमालेकी कल्पना गिरी १ हजार ७ सय ४६ मत पाइन् । उनीहरु दुवै दोस्रो पटक थुलुङ दुधकोशीको नेतृत्वमा दोहोरिएका छन् । विजयी बनेपछि अध्यक्ष राईले काम र जनसेवामा प्रतिबद्धता जनाएका छन् ।

पालिकामा माओवादी केन्द्रको नेतृत्व आउँदै गर्दा ५ वडामा समेत जित निकालेको छ । वडा नं २, ५, ७, ८ र ९ मा माओवादी केन्द्रका वडाअध्यक्ष निर्वाचित भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति