काठमाडौँ — संखुवासभामा सभापोखरी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका भीमबहादुर लिम्बु विजयी भएका छन् ।
लिम्बुले ३ हजार ७ मत प्राप्त गरेका छन् । उनको निकटतम प्रतिद्वन्द्वी एमालेका रत्नबहादुर सुब्बाले २ हजार ३ सय ५ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा नेकपा एकीकृत समाजवादी लक्ष्मी चापागाई विजयी भएकी छन् ।
बरालले २४ सय ३९ मत प्राप्त गर्दा उनको निकटतम प्रतिद्वन्द्वी सविता बरालले २३ सय ७६ मत प्राप्त गरेकी छन् । सो स्थानीय तहमा गठबन्धन रहेको थियो । सो स्थानीय तहमा कांग्रेस र एमालेले ३/३ वटा वडाध्यक्ष जितेका छन् ।
प्रतिक्रिया