बागलुङको ताराखोला गाउँपालिका अध्यक्षमा माओवादीका विक, उपाध्यक्षमा नेकाका रोका निर्वाचित

बागलुङ १ जेठ । बागलुङको ताराखोला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उमेदवार धन बहादुर विकको गठबन्धन प्यानल विजयी भएका छन् ।

विकले २ हजार २८५ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका हुन् ।

यो पालिकामा माओवादी केन्द्रका प्रकाश घर्तीले बागी उम्मेदवारी दिएका थिए । २०७४ को स्थानीय तह निर्वाचनमा अध्यक्ष जितेका प्रकाशले यस पटक टिकट नपाएपछि पदबाट राजीनामा दिएर उम्मेदवारी दर्ता गराएका थिए । उनले २०९० मत पाएका छन् ।

उपाध्यक्षमा कांग्रेस विजयी

गाउँपालिका उपाध्यक्षमा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका भिमबहादुर रोका विजयी भएका छन् । रोकाले ३ हजार ४ सय ३ मत प्राप्त गरेका छन् ।

गाउँपालिकाको ५ वटै वडाको अध्यक्षमा गठबन्धनका साझा उम्मेदवार विजयी भएका छन् ।

वडा नम्बर १ को वडा अध्यक्षमा यमबहादुर श्रीष, २ को अध्यक्षमा भद्र घर्ती, ३ को अध्यक्षमा कर्णबहादुर भण्डारी, ४ को अध्यक्षमा जितबहादुर खत्री र ५ नम्बर वडाको अध्यक्षमा मनबहादुर खत्री विजयी भएका छन् । यो पालिका जनयुद्ध देखि नै माओवादीको आधार भएको क्षेत्र हो । माओवादीकै बागी उमेद्वार भएका कारण त्यहा सत्तारुढ दुई दलबीच गठबन्धन भएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति