रुपन्देहीको शुद्धोधन–१ बाट जसपाले खाता खोल्यो, एक मतले गडेरिया विजयी

बुटवल, ३१ वैशाख । रूपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं १ को वडा अध्यक्षमा जसपा नेपालका उदयराज गडेरिया (बाबुराम पाल) एक मत अन्तरले विजयी भएका छन् ।

गडेरियाले ९९२ मत प्राप्त गरी वडा अध्यक्ष पदमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जंगबहादुर यादवले ९९१ पद पाएका छन् । एमालेका उम्मेदवार कृष्णबहादुर गौतम क्षेत्रीले २१२ मत प्राप्त गरेका छन् ।

जसपाले जिल्लामा पहिलो वडा जितेर खाता खोलेको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति