बागलुङ । ताराखोला गाउँपालिका–५ मा नेकपा माओवादी केन्द्रका मनबहादुर रोका विजयी भएका छन् ।
पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका रोकाले ८ सय ५४ मत प्राप्त गरे । रोकाका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका धनप्रसाद बुढाले २ सय १९ मत प्राप्त गरे ।
रोकासँगै खुल्ला महिला सदस्यमा माओवादीका पार्वती पुन रोका, दलित महिला सदस्यमा माओवादीकै जैकली दर्जी, खुल्ला सदस्यमा नेपाली कांग्रेसका तारानाथ कंडेल, खुल्ला सदस्यमा माओवादीका चन्द्रा रोका विजयी भएका छन् ।
प्रतिक्रिया