धादिङको गजुरी–८ मा समय छदाँ–छदै मतदान गर्न नदिईएकाे भन्दै पुनः मतदानको माग

धादिङ, ३१ वैशाख । धादिङको गजुरी गाउँपालिका–८ को वडा कार्यालय भवन बरभन्ज्याङ मतदान केन्द्रमा पुनः मतदानको माग गरेका छन् । समय छदाँ–छदै मतदान गर्न नदिई मतदातालाई मतदानबाट बञ्चित गरेको भन्दै पुनस् मतदानको माग गरेका हुन् ।

पुनः मतदानको माग गर्दै नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले निर्वाचन अधिकृत समक्ष छुट्टा–छुट्टै निवेदन दर्ता गराएका छन् ।

राति १२ बजे बसेको सर्वदलीय बैठकमा जुटेको सहमतिअनुसार त्यसबारे निर्वाचन आयोगमा लेखी पठाइएको गजुरीका निर्वाचन अधिकृत चक्रपाणी शर्माले जानकारी दिए ।

मतदाता परिचय पत्र लिन नभ्याएका एक मतदाता फोटो सहितको मतदाता परिचय बनाउँदा निर्वाचन आयोगले दिएको अर्धकट्टी लिएर गएको मतदातालाई मतदान गर्न नदिएपछि विवाद उत्पन्न भएको थियो ।

तीन वटा मतदान स्थल रहेको यस केन्द्रमा दुई हजार ४७७ मतदाता छन् । शुक्रबार एक हजार छ सय ८८ जनाले मतदान गरेको मुचुल्का उठाइएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति